काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।