काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधवार शेयर बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ विक्री ल्याएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको एफपीओ खरीदका लागि १६ लाख ५९ हजारभन्दा बढी लगानीकर्ताहरुले २ करोड ३८ लाख ६३ हजारभन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् ।
आवेन परेका मभ्ये ४ हजार ६७२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् बाँकी रहेको ९ कित्ता शेयर भने ९ जना आवेदकले थप एक कित्ताका दरले प्राप्त गर्नेछन् ।
Advertisment