Below Menu
Below Menu

शेयर बजारमा दोहोरो करेक्सन, १९ अर्ब ६० करोड माथिको कारोबार 

शेयर बजारमा दोहोरो करेक्सन, १९ अर्ब ६० करोड माथिको कारोबार 

काठमाडौं :  साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटे पनि कारोबारमा भने उछाल सुधार देखिएको छ । आज बजारमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज आरम्भ लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

Advertisment

थप समाचार