Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित लिवर्टी माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित लिवर्टी माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित साउन ३१ गते विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभा कम्पनीको प्रधान कार्यालय पोखरामा दिउँसो १२ः३० बजे हुनेछ । सभाले आईपीओको विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

यकसा साथै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 
 

Advertisment

थप समाचार