Below Menu
Below Menu

करेक्सन पछि नेप्सेमा ३५ अंकको वृद्धि, चार कम्पनीको शेयरमूल्यमा सर्किट

करेक्सन पछि नेप्सेमा ३५ अंकको वृद्धि, चार कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि पनि कारोबारमा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६० करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा पुगेको हो । आज एशियन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार