Below Menu
Below Menu

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको हो । 

२०८१ जेठ  महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुसहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि जे डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए । 

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाईफले सदा र्झै अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए । 

साथै उनले यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै  योजना सफल भएको बताउँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए । 
 

Advertisment

थप समाचार