Below Menu
Below Menu

आत्मनिर्भर लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १३.२२ प्रतिशत

आत्मनिर्भर लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १३.२२ प्रतिशत

काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा संथाको खुद नाफामा गिरावट देखियको छ ।

असार मसान्तसम्ममा संथाले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२६ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा ४ करोड ८६ लाख रुपैयाँ थियो। यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.६२ प्रतिशतले बढेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ५७.६० रुपैयाँले घटेर २० रुपैयाँ ३७ पैसा पुगेको छ।

असार मसान्तसम्ममा संस्थाको मूल्य आम्दानी अनुपात १३३.७७ गुणा रहेको छ। संस्थाको खराब कर्जा बढेर १३.२२ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ७.५८ प्रतिशत रहेको थियो ।

Advertisment

थप समाचार