Below Menu
Below Menu

सानिमा रिलायन्सको ‘लक इन’ अवधि साउन २९ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै

सानिमा रिलायन्सको ‘लक इन’ अवधि साउन २९ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको एक करोड ४३ लाख कित्ता शेयर लकइनमा राखेको थियो । जसमा संस्थापक शेयरधनीलाई छुट्याएको एक करोड ४० लाख कित्ता र कर्मचारीहरुका लागि राखेको तीन लाख कित्ता शेयर रहेको छ ।

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार