Below Menu
Below Menu

नेप्से परिसूचक २७ सय बिन्दु माथि, २१ अर्ब ९१ करोडको कारोबार 

नेप्से परिसूचक २७ सय बिन्दु माथि, २१ अर्ब ९१ करोडको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबारमा पनि सुधार देखिएको छ । आज बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सिभिल बैंक डिबेञ्चरको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । 
 

Advertisment

थप समाचार