Below Menu
Below Menu

एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं : एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।

साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित प्रतिफल दिने घोषणा गरेको हो । 

एनआईसी एशिया सेलेक्ट ३० फण्ड ले इकाईधनीहरुलाई १४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । त्यस्तै एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यसैगरी एनआईसी एशिया ब्यालेन्स्ड फण्डले इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

Advertisment

थप समाचार