Below Menu
Below Menu

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्यअंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल हाइड्रो, हाइड्रो इलेक्ट्रिीसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटी होटल र कुथली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । 
 

Advertisment

थप समाचार