Below Menu
Below Menu

मुखमा टेप टासेर सहकारी पीडितको प्रदर्शन

मुखमा टेप टासेर सहकारी पीडितको प्रदर्शन

काठमाडौं : सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर मानव साङ्लो प्रदर्शन गरेको हुन् ।

पीडितका समस्या समाधान गर्न सरकारसँग पटक-पटक सहमति भएको तर कार्यान्वयन नभएको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । पिडितहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि दबाब स्वरुप आन्दोलन गर्दै आएको छ ।

पिडितहरुले उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ? लगायतका नारा लगाई मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

Advertisment