काठमाडौं : सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
गृहमन्त्रालयद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’