Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित श्रीनगर एग्रीटेकले डाक्यो विशेष साधारणसभा  

आईपीओ जारी गर्ने प्रस्तावसहित श्रीनगर एग्रीटेकले डाक्यो विशेष साधारणसभा  

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रतावसहित भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ ।

उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे हुनेछ । कम्पनीले प्रिमियम वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको हो । 

सभाले आईपीओ जारी गर्ने प्रस्तावसँगै अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने र पूँजी संरचना परिवर्तनका लागि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले आईपीओ निष्कासन र नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने दिने निर्णय गर्नेछ ।
 

Advertisment

थप समाचार