काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन १८ गते शुक्रबार चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ९०० सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।