Below Menu
Below Menu

नेप्से परिसूचकमा ४० अंकको वृद्धि, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण 

नेप्से परिसूचकमा ४० अंकको वृद्धि, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा रु रु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर, कुथली बुखारी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी मुक्तिनाथ कृषि कम्पनी र सगरमाथा जलविद्युत कम्पनी रहेका छन् । 

आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार