काठमाडौं : भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित भदौ १४ गते नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा भर्चूअल माध्यमबाट दिउँसो ३ बजे हुनेछ । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने र आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन लगायका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्नेछ ।
Advertisment