Below Menu
Below Menu

सत्कार सहकारीका सचिव गोबिन्द पुरीसहित तीन जना पक्राउ

सत्कार सहकारीका सचिव  गोबिन्द पुरीसहित तीन जना पक्राउ

काठमाडौं : सामाखुसीमा मुख्य कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सचिव गोबिन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक ध्रुवराज कार्की छन् ।

सामाखुसीमा मुख्य कार्यालय रहेको सहकारीको न्यूरोड र चावहिलमा सेवा केन्द्र (शाखाकार्यालय) रहेको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

संस्थाका सञ्चालकले बचतकर्ताहरुको रकम अपचलन तथा हिनामिना गर्ने, नक्कली कर्जा फाइलहरु खडा गरि सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि काठमाडौं महानगरपालिका सहकारी विभागले आवश्यक कारबाहीको लागि ब्यूरोलाई पठाएको थियो ।

ब्यूरोबाट खटेको टोलीले काठमाडौंका विभिन्न स्थानबाट साउन २१ गते पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौबाट दिन ५ (पाँच) को म्याद थप भई आवश्यक अनुसन्धान कार्य भैरहेको बोगटीले बताए।  सहकारी पिडितहरुलाई यथाशिघ्र सम्पर्क गर्न ब्यूरोले अनुरोध गरेको छ।

संस्थाका अध्यक्ष सविन उप्रेती, उपाध्यक्ष देवकी कार्की, सञ्चालकहरु सुष्मा श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, विष्णुकुमार गिरी र सूर्य श्रेष्ठ भने फरार छन् ।

Advertisment

थप समाचार