नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन 

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन 

काठमाडौं : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

र्य दुई साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात साउन २४ गते बुकक्लोज गर्दैछन्। जस अनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभार भदौ ७ गते, शुक्रबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०।.४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तको साधारणसभा साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा दिउँसो साढे १२ बजे शुरु हुनेछ। सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


 

थप समाचार