Below Menu
Below Menu

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख  रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी बढेको भने इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि खुद नाफा बढेको हो। 

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशतले बढेको छ। 

अघिल्लो आवमा ५.८४ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ७.७८ प्रतिशत पुगेको छ । यसका साथै लघुवित्तको इम्पेरमेन्ट चार्ज १२ करोड ५४ लाख रुपैयाँबाट घटेर एक करोड ९४ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको । असार मसान्तसम्म लघुवित्तको १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ।

असार मसान्तसम्म १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । 

Advertisment

थप समाचार