काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आवको सोही अवधिसम्ममा ६ करोड ५ लाख रुपैयाँ नोक्सनीमा रहेको कम्पनीको नाफा धनात्मक भएको हो । यस अवधिमा खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो । सका साथै संस्थाको खराब कर्जा बढ्दा संस्थाको नाफामा असर परेको हो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशतले बढेर ४० करोड ३८ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ ।
अघिल्लो आवमा ८.३६ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ७.४३ प्रतिशतमा झरेको छ । यसका साथै लघुवित्तको इम्पेरमेन्ट चार्ज १३ करोड १८ लाख रुपैयाँबाट घटेर एक करोड १२ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । असार मसान्तसम्म लघुवित्तको १२ रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ।
असार मसान्तसम्म ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment