काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने तीन कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि आज कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (तराई) गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रशिभ फाइनान्स, नेपाल रि इन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, दोल्ती पावर, सिटि होटल्स र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छन् ।
आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईसी एशिया डिबेञ्चरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment