काठमाडौं : नेपाल स्टक एक्सेचन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार नेशनल लाइफको ४ प्रतिशत पछिको शेयरमूल्य ७०५ दशमलव ७७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७३४ रुपैयाँमा भएको थियो ।
त्यस्तै सूर्योदय वोमी लघुवित्तको १४.००५ प्रतिशत बोनस पछिको शेयरमा मूल्य १०१३ दशलमव ११ रुपैयाँ समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार मूल्य ११५५ रुपैयाँ भएको थियो । बिहीबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।
Advertisment