Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै

सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ २५ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र सामुहिक लगानी कोषका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी र सामुहिक लगानीका कोषका लागि २५ लाख ५४ हजार २२७ कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले जारी पुँजीको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता शेयरमध्ये ४० प्रतितश अर्थात २४ लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणधा लागि छुट्याएको शेयरमध्ये ५ प्रतिशत अर्थात एक लाख ५४ हजार २२७ कित्ता शेयर सामुहिक लगानीका कोषका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार