नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ: अध्यक्ष बराल

नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ: अध्यक्ष बराल

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ रहेको बताएका छन्। 

नियामकीय हिसाबले बोर्ड कमजोर अवस्थामा चलेको उनको भनाइ छ। 'नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ । जनशक्ति कम छ। कर्मचारीहरू पनि तालिम र क्षमता वृद्धि गर्न आवश्यक रहेको छ।' उनले भने। 

संघीय संसद अन्तर्गत बिहिबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले हल्लाको पछि लागेर शेयर बजार मा लगानी नगर्न समेत आग्रह गरेका छन्। 

पछिल्लो समय हल्लाको आधारमा बजारमा कम्पनीको मूल्य निर्धारण भएको बताउदै उनले हल्लाको पछि लागेर लगानीकर्ताहरू फस्ने गरेको बताए। 

 

 

 

  

 

 

थप समाचार