Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य वृद्धि, २० अर्बमाथिको कारोबार 

नेप्से परिसूचकमा सामान्य वृद्धि, २० अर्बमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा २० अर्ब ७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवमु सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार