काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर मूल्य बढाईएको बताएका छन् । बिहिबार अर्थसमितिको बैठकमा बोल्दै उनले केही कम्पनीको शेयरमूल्य अस्वाभाविक रूपमा बढेको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो समय शेयर बजार माथि गएको छ । ६० लाख भन्दा बढी लगानीकर्ता हुनुहुन्छ यो खुशी को कुरा हो । के केही केही कम्पनीको शेयरमूल्य अस्वाभाविक रूपमा बढेको छ । घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर मूल्य बढाईएको छ ।’
मौद्रिक नीतिमा सरलीकृत गरेपछि पुँजी बजारमा सुधार देखिएको बताउँदै उनले भने, ‘वित्त नीति र मौद्रिक नीतिमा तालमेल मिलेको छ । तर, अस्वभाविक रुपमा बजार बढ्दा सिमित व्यक्तिले चलखेल गर्छन् । लगानीकर्ताहरु फस्न सक्छन् यसतर्फ बोर्डको ब्यान जान आवश्यक छ ।’
यकसा साथै उनले लामो समयदेखि रोकिएको आईपीओ निष्काशनको काम तत्काल अघि बढाउन समेत आग्रह गरेका छन् ।
गर्भनर महाप्रसाद अधिकारीले आफू निकट प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्नेगरी मौद्रिक नीति लिएको बताउँदै उनले भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिइएको थियो तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति आएको छ।’
शेयर धितो कर्जाको सीमा यसअघिनै हटाउनुपर्ने उनको भनाई थियो । उनले भने, ‘धितोपत्र बजार बढ्नु राम्रो हो । पूँजी बजार सधुारका लागि गर्भनर अधिकारीले पहिले नै खुकुलो नीति लिनुपर्ने थियो । राष्ट्र बैंकले रोक्यो । अहिले मौद्रिक नीतिमार्फत हटाइयो राम्रो भएको छ ।’
Advertisment