काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी घटेसँगै खराब कर्जा बढेका कारण खुद नाफामा असर परेको हो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ११.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै कम्पनीको खुद फि तथा कमिशन आम्दानी ६५.१९ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ४९.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६.२७ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ९.९२ प्रतिशत पुगेको छ ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । असार मसान्तसम्म लघुवित्तको इपीएस ३.५७ रुपैयाँले घटेर ७.३१ रुपैयाँमा झरेको छ । त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा रहेको छ।
असार मसान्तसम्म एक अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब १८ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment