सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार