सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डद्वारा प्रतिफल घोषणा 

सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डद्वारा प्रतिफल घोषणा 

काठमाडौं : लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले प्रतिफल घोषणा गरको छन् ।  सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल दिने भएका हुन् ।

योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सनराइज फस्ट म्युचुअल फण्डले कर सहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले कर सहित ४.५ प्रतिशत लाभांश दिने भएका हुन् । । 

थप समाचार