काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १३८.१२ प्रतिशतले बढेर एक अर्ब ३ करोड ८८ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ११२.४१ प्रतिशतले बढेको छ ।
त्यस्तै कम्पनीको सञ्चालन नाफा ५९५.८६ प्रतिशतले बढेर ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५.०५ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ६.६० प्रतिशत पुगेको छ ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७ रुपैयाँ ९१ पैसा रहेको संस्थाको यस्तो आम्दानी ५५ रुपैयाँ ०७ पैसा ले बढेर ६२ रुपैयाँ ४८ पैसा पुगेको छ । त्यस्तै संस्थाको मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३९ पैसा रहेको छ।
संस्थाको वितरणयोग्य नाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म एक अर्ब ३९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ ।
Advertisment