Below Menu
Below Menu

खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफामा छलाङ, इपीएस कति ?

खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफामा छलाङ, इपीएस कति ?

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६०१.९४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९२ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद ब्याज आम्दानी घटेपनि सञ्चालन नाफा बढेका कारण खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ११.३१ प्रतिशतले घटेर २६ करोड ३० लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी १.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा ३५६.५९ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ८.१५ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ५.२९ प्रतिशतमा झरेको छ । 

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष एक रुपैयाँ ८७ पैसा रहेको संस्थाको यस्तो आम्दानी ११ रुपैयाँ १२ पैसा ले बढेर १३ रुपैयाँ १२ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८४ पैसा रहेको छ ।

संस्थाको वितरणयोग्य नाफा ३ करोड २२ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म ४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार