Below Menu
Below Menu

महिला लघुवित्तको नाफा ५३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोडमाथि 

महिला लघुवित्तको नाफा ५३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोडमाथि 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५३१.०३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले एक करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज रिभर्स हुँदा  खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेको छ । भने कुल सञ्चालन आम्दानी ५७.६३ प्रतिशतले घटेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा ५०३.३३ प्रतिशतले बढेर १२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५.६९ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ३.०२ प्रतिशतमा झरेको छ । 

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ६ रुपैयाँ ५९ पैसा रहेको संस्थाको यस्तो आम्दानी ३५ रुपैयाँले बढेर ४१ रुपैयाँ ५९ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ७ पैसा रहेको छ ।

संस्थाको वितरणयोग्य नाफा ६ करोड २२ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म २१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० अर्ब १० करोड रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार