Below Menu
Below Menu

फरवार्ड माइक्रोफाइनान्सले कमायो ३२ करोड बढी नाफा, इपीएस कति ? 

फरवार्ड माइक्रोफाइनान्सले कमायो ३२ करोड बढी नाफा, इपीएस कति ? 

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३२ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३०८.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले सात करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो ।  यसका साथै संस्थाको खराब कर्जा इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १४.५४ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा २९९.४१ प्रतिशतले बढेर ४६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ४.२६ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ६.८१ प्रतिशतमा झरेको छ । 

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७ रुपैयाँ ४६ पैसा रहेको संस्थाको यस्तो आम्दानी २३ रुपैयाँले बढेर ३० रुपैयाँ ४५ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ २८८ रुपैयाँ ९६ पैसा रहेको छ ।

संस्थाको वितरणयोग्य नाफा २६ करोड ६५ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म एक अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार