Below Menu
Below Menu

लाभांश प्रस्तावसहित सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा 

लाभांश प्रस्तावसहित सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा 

काठमाडौं : सिटिजन्स क्यापिटलले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख रूपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एटिक मिटिङ हल, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । जस अनुसार भदौ ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । 

Advertisment

थप समाचार