नेप्से परिसूचक ९४ अंकले बढ्दा झण्डै २६ अर्बको कारोबार, हाइड्रोमा झुमिए लगानीकर्ता 

नेप्से परिसूचक ९४ अंकले बढ्दा झण्डै २६ अर्बको कारोबार, हाइड्रोमा झुमिए लगानीकर्ता 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकम पनि नयाँ रेकर्ड कायम भएको छ । आज बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २० अर्ब ७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ५२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् । आज नौं कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीका शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानी खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर,  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, शुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

थप समाचार