Below Menu
Below Menu

युनिलिभर नेपालले कमायो करिब दुई अर्ब नाफा 

युनिलिभर नेपालले कमायो करिब दुई अर्ब नाफा 

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक अर्ब ९७ करोड लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल खर्च घटेका कारण नाफा बढेको हो । कम्पनीको कुल खर्च ५.८० प्रतिशतले घटेर ६ अर्ब ६ करोड १३ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीको कुल आम्दानी २.२३ प्रतिशतले घटेर ८ अर्ब ४८ करोड ६९ लाख रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशले घटेको छ ।

असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस १५१.९० रुपैयाँ बढे र २१४३.५३ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५२८५ रुपैयाँ रहेको छ। 

असार मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्गमा चार अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ ।
 

Advertisment

थप समाचार