सोमबार सुनचाँदीको मूल्य घट्यो 

सोमबार सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार