Below Menu
Below Menu

आशा लघुवित्तको नाफामा छलाङ, वितरणयोग्य मुनाफा साढे १४ करोड 

आशा लघुवित्तको नाफामा छलाङ, वितरणयोग्य मुनाफा साढे १४ करोड 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४० हजार ५०० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले एक लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो ।  असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ८५.९४ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १००.७० प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा ३३९.०२ प्रतिशतले बढेर ८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३.६० प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ४.८१ प्रतिशतमा झरेको छ । 

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ०.०४ रुपैयाँ रहेको संस्थाको यस्तो आम्दानी ९.३३ रुपैयाँले बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ४८ पैसा रहेको छ ।

संस्थाको वितरणयोग्य नाफा १४ करोड ५१ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २५ करोड ५७ रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार