काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ९४.५३ अंकले बढेर २८६०.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै आज कारोबार रकम पनि नयाँ रेकर्ड कायम भएको छ । आज बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन लाइफ, सूर्यज्योति लाइफ जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, शुभम पावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ
आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment