काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २१ गते सोमबार तीन सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।