काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । आज बजारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८१ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर कम्पनी र दोल्ती पावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment