काठमाडौं : सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ । साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले इलामका पोखरेललाई सरकारको पूर्ण स्वामित्व भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको हो ।
पोखरेल यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए ।
नेपालबाट समुन्द्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा, सुविधाहरु प्रदान गर्ने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी २०२८ साल भाद्र ३० गते स्थापना भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड आफ्नो उद्देश्य अनुरुप करीब ५१ वर्ष देखि निरन्तर आफ्नो सेवामा कार्यरत छ ।
कम्पनीले नेपाल भित्र गोदाम तथा अन्य आवश्यक सेवा उपलब्ध गराउन विभिन्न शाखाहरु वीरगञ्ज शाखा काँकडभिट्टा शाख तातोपानी शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शाखा तथा कोलकाता शाखा र कोलकाता शाखा अन्तर्गतका हल्दिया र राधिकापुर उपशाखा सञ्चालनमा रहेको छ ।
कम्पनीले हाल गोदाम सेवा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा अण्डरटेकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Advertisment