Below Menu
Below Menu

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, इपीएसमा पनि सुधार 

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, इपीएसमा पनि सुधार 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले एक करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल नाफा ५७.०१ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ७०.१४ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशतले बढेर १६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।

यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १.८७ रुपैयाँ रहेको संस्थाको यस्तो आम्दानी २.१३  रुपैयाँले बढेर ४ रुपैयाँ पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६७ पैसा रहेको छ ।

असार मसान्तसम्म ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

Advertisment

थप समाचार