Below Menu
Below Menu

नेशनल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी 

नेशनल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै नाफा बढेको हो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.२८ प्रतिशतले बढेर ५ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ४ अर्ब ८७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि १४.६५ प्रतिशतले बढेर २० अर्ब ९९ करोड २८ लाख रुपैयाँ पुगेको छ । साथै यस अवधिमा कम्पनीले १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १३.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ३.०४ रुपैयाँ बढेर ८.११ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४४.२८ रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म ५ अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ रुपैयाँ, महाविपत्ती कोषमा ५६ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब १२ करोड ८२ लाख र अन्य इक्विटीमा ३९ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार