Below Menu
Below Menu

नेप्सेमा तीव्र उतारचढावः करेक्सनपछि ३४ अंकको वृद्धि, झण्डै साढे २३ अर्बको कारोबार 

नेप्सेमा तीव्र उतारचढावः करेक्सनपछि ३४ अंकको वृद्धि, झण्डै साढे २३ अर्बको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५९.७५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ८.१८ अंकले बढेर २९२३.४६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकम पनि सुधार आएको छ । आज बजारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर, माउन्टेन हाइड्रो, इङवा हाइड्रोपावर, अपर स्याङगे हाइड्रोपावर रहेकाे छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ  ।
 

Advertisment

थप समाचार