Below Menu
Below Menu

भदौ ११ गतेदेखि ‘नाडा अटो शो–२०२४’ आयोजना हुँदै

भदौ ११ गतेदेखि ‘नाडा अटो शो–२०२४’ आयोजना हुँदै

पाटन : आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आज ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो शो’ गर्न लागिएको जानकारी दिएको छ ।

दुई दशक अघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एशोसिएशनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराए ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्राण्ड, १९ वटा  दुई पाङ्ग्रे ब्राण्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।

“३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञह रहनेछन्, ७ वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधान प्रदान गर्नेछन् । प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले एक सय ३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्”, उनले भने । 

Advertisment

थप समाचार