सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार