Below Menu
Below Menu

शेयर बजारमा नयाँ रेकर्डः परिसूचक ३ हजार बिन्दुमा, करिब ३० अर्बको कारोबार 

शेयर बजारमा नयाँ रेकर्डः परिसूचक ३ हजार बिन्दुमा, करिब ३० अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३४.२९ अंकले बढेर २९५९.७५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकम पनि नयाँ रेकर्ड कायम भएकाे छ । आज बजारमा २९ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ  ।

Advertisment

थप समाचार