यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध मुद्दा दायर

यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि २० हजार घुस लिएको आरोपमा रेग्मी विरुद्ध मुद्दा दायर गरेको हो । 

कम्प्युटर अधिकृत रेग्मीले सवारी चालक अनुमति पत्रको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा सच्चाई विवरण अध्यावधिक गरी घुस लिएको पुष्टि भएको आयोगको ठहर छ ।

उनी विरुद्ध सोही रकम बराबरको बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

थप समाचार